६५ किलोका विभिन्न प्रकारका चाँदीका गहनासहित भारतीय व्यक्ति प्रक्राउ

Machchapuchchre

अर्थ राजनीति ~  प्रहरीले वीरगञ्जबाट ६५ किलोका विभिन्न प्रकारका चाँदीका गहनासहित भारतीय व्यक्तिलाइ प्रहरीले  पक्राउ गरेको छ । वीरगञ्ज–६ स्थित सुनिता कुमारी सर्राफको घरबाट ६५ किलो चाँदीका गरगहना बरामद गरेको हो । सर्राफकै नाममा उक्त घरमा में जय नरसिंह ज्वेलर्स सञ्चालनमा छ । अवैध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले सुनिताको श्रीमान दिपक सर्राफलाई पक्राउ गरेको छ । ज्वेलर्सको पछाडिको कोठामा भण्डारण गरी राखिएको अवस्थामा चाँदी फेला परेको थियो । चाँदीको अवैध कारोबार हुने गरेको सूचनाको आधारमा प्रहरीले मंगलबार छापा मारेको थियो । भारतबाट राजश्व छलेर ल्याइएका चाँदीका विभिन्न प्रकारका गाहनाहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्