क्रसर उद्योगमा बम विस्फोट गराएको आशंकामा तिन जना प्रक्राउ

Machchapuchchre

अर्थ राजनीति ~ उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१४ स्थित धाप्लाङटारमा सञ्चालनमा रहेको कञ्चनजंघा गोल्डेन गुड क्रसर उद्योगमा बम विस्फोट गराएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा जिल्लाको चौदण्डीगढी नगरपालिका–८ का २३ वर्षीय एम्बी पुलामी मगर, ३२ वर्षीय यम्बरबहादुर मगर र १८ वर्षीय दीपक क्षेत्री रहेका  छन् । सोमबार राति छ जनाको अज्ञात समूहले क्रसर उद्योगमा गएर उद्योगका सुरक्षागार्ड कर्णबहादुर तामाङलाई नियन्त्रणमा लिई बम विस्फोट गराएको प्रहरीले बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्