भन्सार छलेर ल्याइएको ४९ बोरा चिनी सहित ४ जना प्रक्राउ

Machchapuchchre

अर्थ राजनीति ~   मोरङको धनपालथान गाउँपालिकाबाट ४९ बोरा चिनीसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।चिनी  भारतबाट भन्सार छलेर ल्याइएको प्रहरीले बताएको छ । भन्सार छलेर ल्याइएको चिनीको मूल्य  एक लाख ४७ हजार मूल्यबराबरको रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए । मोरङ रंगेली नगरपालिका–१ का २१ वर्षीय अभिषेककुमार साह, धनपालथान गाउँपालिका–२ का १७ वर्षीय दीपककुमार मण्डल, सोही स्थानका १८ वर्षीय अर्जुनकुमार मण्डल र १९ वर्षीय रूपेश मण्डल पक्राउ परेका छन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्