ग्लोबल आईएमई बैंकको सीईओमा परशुराम कुवँर क्षेत्री र सिनियर डिसीईओमा महेश शर्मा ढकाल नियुक्त !

Machchapuchchre

काठमाडौं । ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा परशुराम कुवँर क्षेत्री नियुक्त भएका छन् । ग्लोबल आईएमई बैंक र जनता बैंक मर्ज भएपछि बनेको ग्लोबल आईएमई बैंकको सीईओमा साविकका जनता बैंकको सीईओ परशुराम कुँवर क्षेत्री नियुक्त भएका हुन् ।

मर्जर सम्झौता पत्रको अनुसार क्षेत्रीले बैंकको सीईओको जिम्मेवारी सम्हाल्ने भएका हुन् । त्यस्तै, ग्लोबल आईमई बैंकका का.मु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले मर्जपछि बनेको ग्लोबल आईएमई बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसीईओ) को कार्यभार सम्हाल्ने भएका छन् ।

मंसिर २० गते बसेको बैंक संचालक समितिको बैठकले कम्पनीको सीईओ र सिनियर डिसीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्