जोर्नीको दुखाईबाट आराम पाउने तरिका

Machchapuchchre

अर्थ राजनीति ~ वयस्क वा बुढ्यौलीले छोप्दै लगेपछि शरीरमा असर देखिन्छ । जस्तो अखा कम्जोर हुने,छाला चाउरी पर्ने, कान नसुन्ने अनि जोर्नी दुख्नु जस्ता समस्या आउछन । जोर्नी दुख्यो भनि यो बिधिको प्रग्रायो गरेर आराम पाउन अक्नु हुन्छ ।

पानीमा एक मुठ्ठी जिरा र एक चम्चा नून हालेर उमाल्ने । त्यसलाई कपडामा निचोरेर सेक्ने गर्नुपर्छ ।
तोरीको लेप लगाउँदा पनि यस प्रकारको दुखाईमा राहत मिल्छ । जिरालाई पानीमा हालेर उमाल्ने र दुखेको ठाउँमा सो पानीको वाफ लिनुपर्छ । दुई केस्रा लसुन कटेर तिलको तेलमा तताउने र यसले जोर्नीमा मालिस गरौं । धेरै फाइदा मिल्नेछ । दुखाई धेरै भए कपडालाई तातो बनाएर जोर्नीमा सेक्नुपर्छ । तत्कालै आराम महसुस गर्न सकिनेछ । लसुन पिसेर लगाउँदा शरीरका हरेक अंगको दुखाई कम हुन्छ । तर, धेरै बेरसम्म भने लगाउनु हुदैन । तातो तेलमा जिरा र लसुन डढाएर त्यसले मालिस गर्दा हरेक प्रकारका दुखाईबाट छुटकारा मिल्छ ।भिनेगर र जैतुनको तेल मिलाएर मालिस गर्दा फाइदा हुन्छ । तोरीलाई पिसेर घुँडामा त्यसको लेप लगाउने, तुरुन्तै राहत मिल्नेछ । मनतातो पानीमा सिधे नून हालेर त्यसले नुहाउनुपर्छ । अम्बाको पत्ता पिसेर दुखाई भएको ठाउँमा लगाउनुपर्छ । अम्बाको पत्तालाई पानीमा उमालेर यो पानीले सेक्दा पनि फाइदा मिल्छ । शिशाको बोतलमा आधा लीटर तिलको तेल र १० ग्राम कपूर मिलाएर घाममा राख्ने । जब यिनीहरु राम्ररी घुल्छन्, यस तेलले जोर्नीमा मालिस गरौं ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्