सेयर बजार कारोबार रकमा सुधार

Machchapuchchre

अर्थ राजनीति ~ साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार हरियाली देखिएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने सबै समूहहरुमा बृद्दी भएको छन । नेप्से परिसूचक १२ दशमलव ४७ अंकले बढेको र १ हजार ५ सय ८२ दशमलव ८४ मा पुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार भएको छ । सोमबार एक अर्ब पनि नपुगेको सेयर कारोबार रकम मंगलबार १ अर्ब २४ करोड भन्दा धेरै भएको छ । दिनभर भएका १८ हजार ४ सय २६ कारोबारबाट १९३ कम्पनीका ४९ लाख १३ हजार ४ सय ९७ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम १ अर्ब २४ करोड १२ लाख ४२ हजार ७ सय ७ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्