नेपाल राष्ट्र बैंकले एघार अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गर्दै

Machchapuchchre

अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड रपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सोमबार बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जानकारी दिएको छ । बिक्री हुन लागेको कूल ट्रेजरी बिलमध्ये सात अर्ब २० करोड रुपैयाँ गत वर्ष बिक्री गरिएको ट्रेजरी बिलको नवीकरण हो भने चार अर्ब रुपैयाँ नयाँ हो । केन्द्रीय बैंकका अनुसार रु चार अर्ब बराबरको ट्रेजरी बिलको परिपक्व हुने अवधि २०७८ साल कात्तिक २ गते रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्