सानिमा बैंकले क्रेडिट कार्ड असोज मसान्तसम्म निःशुल्क दिँदै

Machchapuchchre

अर्थ राजनिती ~ सानिमा बैंकले दसैंको अवसरमा निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ।असोज मसान्तसम्म आवेदन दिने सबै  ग्राहकलाई क्रेडिट कार्ड निःशुल्क दिने बैंकले जनाएको छ । क्रेडिट कार्डबाट सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी भुक्तानीको व्यवस्था गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकले भने अनुसार पहिलो ५० जना ग्राहकले अनलाइन सपिङ पोर्टल दराजमा ३ हजार रुपैयाँ बराबरका सामान किन्दा पाँच सयको निःशुल्क भौचर समेत प्राप्त गर्न सक्ने छन् । बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा बिभिन्न अस्पताल, सपिङ आउटलेट, होटल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको पनि बैंकले विज्ञप्तिमा उल्लेख  गरको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्