उपत्यकामा निषेधाज्ञालाई थप खुकुलो बनाउने तयारी, प्रजीअ हरुको भर्चुअल बैठक जारि

Machchapuchchre

अर्थ राजनीति ~   बुधबार रातिसम्म जारी रहने निषेधाज्ञाबारे तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सुरक्षा निकाय, उद्योगी र व्यापारी, सरकारी चिकित्सकबिच भर्चुअल बैठक सुरु भएको छ । अहिले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले सुरक्षा निकाय, उद्योगी व्यापारीसँग भर्चुअल बैठक बसी रहेको बताइएको छ ।

आज साँझ तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा बारे निर्णय गर्नेछ ।

बैठकपछि हुने छलफल तथा त्यहाँबाट आएको रायसुझाव अनुसार गृह मन्त्रालयसँग समन्वय गर्दै निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा निर्णय लिने बताइएको छ  ।

स्रोतका अनुसार दुई वटा प्रस्ताव आएका छन् । पहिलो, एक साता निषेधाज्ञा थपेर रोजगारीका क्षेत्रलाई खुला गर्ने । दोस्रो, जोर–विजोर प्रणाली लागू गर्ने गरेर सवारी साधन पनि चल्न दिने । यद्यपि जोर–विजोर प्रणाली यसै हप्ता लागू गर्ने वा एक सातापछि भन्ने टुंगो लागिसकेको छैन । ४ भदौबाट जारी निषेधाज्ञाका कारण एक सातापछि संक्रमण दर पनि घट्दै जाने कतिपय प्रशासकको विश्लेषण छ । त्यसैले तत्काललाई उद्योग, कलकारखाना र पसलहरु स्वास्थ्य मापदण्ड पालना गरेर खुला गर्न दिनुपर्ने उनीहरुको धारणा छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्