बाग्लुङमा बाढीको वितण्डा: ११ जनाको शव भेटियो, कम्तिमा २ दर्जन घर बगे

Machchapuchchre

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा आएको बाढीले बगाएका ११ जनाको शव भेटिएको छ ।

प्रहरीका अनुसार हालसम्म अहिलेसम्म ७ जना पुरुष र ४ जना महिलाको शव भेटिएको छ ।

दुई महिलाको शव संगै रहेको गुल्मी जिल्लाको मुसीकोटमा भेटिएको हो ।

अझै धेरै जना बेपत्ता रहेको घटनास्थलबाट प्रहरी इन्सपेक्टर प्रकाशसिंह भण्डारीले हामीलाई जानकारी दिनुभयो ।

बाढीमा कम्तिमा २३ वटा घर बगाएको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्