नेकपाको सचिवालय बैठक आज बस्दै, गौतमलाई राष्ट्रियसभामा लैजानेबारे छलफल हुने

Machchapuchchre

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।

यसअघि भदौ १३ गतेका लागि तय भएको बैठक आजका लागि सारिएको थियो ।

बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

यसैगरी राष्ट्रियसभामा उपाध्यक्ष वामदेव गौतमलाई लैजाने वा अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई लैजाने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

गत फागुन १४ गते सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएको थियो ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्