स्वरुप परिवर्तन गरेर उपत्यकामा थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय

Machchapuchchre

काठमाडौं उपत्यकामा तेस्रोपटक थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

अब, काठमाडौं उपत्यकामा भदौ २४ सम्म निषेधाज्ञा जारी रहनेछ । भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा बुधवार मध्यराति सकिँदै छ । निषेधाज्ञाको समयावधी एकसाता लम्ब्याउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकृतले रातोपाटीलाई जानकारी दिए ।

निरन्तर दुई साता लामो निषेधाज्ञापछि तेस्रो पटक थपिएको समयसीमामा निर्माण सामग्री ढुवानी र होटल, रेष्टुरेण्टको ‘टेक अवे’ सेवालाई भने खुल्ला गरिएको बताइएको छ । अब, भन्सार तिरेका गाडी र मोटरसाईइकल पनि काठमाडौं उपत्यकामा ल्याउन छुट गरिएको छ । स्वास्थ्य मापदण्ड पुरा गरेर कारखाना भित्रै मजदुर राख्नेगरी उद्योग धन्दा संचालन गर्न पाउने निर्णय गरिएको छ । संक्रामक रोग ऐन–०२० को दफा २ र स्थानीय प्रशासन ऐन–०२८ को दफा ६ (३) अनुसार जिल्ला सुरक्षा समितीको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्ने अधिकार छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्