पछिल्लो २४ घण्टामा ९१७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन्: योसँगै निको हुने दर ५६%

Machchapuchchre

पछिल्लो २४ घण्टामा ९१७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५६ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २४ हजार २०७ पुगेको छ ।   नेपालमा एक हजार २२८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप ३९४ महिला र ८३४ जना पुरूषमा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ४२ हजार  पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ४१३ आटी पीसीआर परीक्षण भएकाे थियाे ।

सकृय सङ्क्रमितहरू १८ हजार ४१३ रहेका छन् । संस्थागत आइसाेलेसनमा दश हजार ६७१ रहेका छन् । हाेम आइसाेलेसनमा सातहजार ७४२ रहेका छन् ।

विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू छ हजार ७४९ रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्