थप १२२१ जना नयाँ सङ्क्रमित, कुल ३८ हजार ५६१ पुग्याे

Machchapuchchre

अर्थ राजनीति ~  नेपालमा १२२१ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप  २४८ महिला र ८७३ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३८ हजार ५६१ पुगेको जनाइएको छ ।

नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १७५१८ हजार रहेका छन् । होम आइसोलेसनमा छहजार नाैसय  र संस्थागत आइसोलेसनमा दशहजार ६१२ रहेका छन् ।

पछिल्लो २४ घण्टामा २६७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५४ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २० हजार ८२२  पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्