प्रधानमन्त्री ओली र नरेन्द्र मोदीबीच टेलिफोन संवाद विस्तृत जानकारी आउन बाँकी

Machchapuchchre

अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शनिबार दिउँसो टेलिफोन संवाद गर्नुभएको छ । भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिन प्रधानमन्त्री ओलीले समकक्षी मोदीसँग टेलिफोन संवाद गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुई प्रधानमन्त्रीबीच दिउँसो टेलिफोन संवाद भएको हो । टेलिफोन संवादमा अरु के विषयमा कुरा भए विस्तृत जानकारी परराष्ट्र मन्त्रालयबाट आउने प्रेस सल्लाहकार थापाले बताउनुभयो ।
पछिल्लो समय नेपाल–भारतबीच लिम्पियाधुरा, लिपुलेक, कालापानी भूभागलाई लिएर तिक्तता देखिएको छ । पछिल्लो समय प्रधानमन्त्री ओलीले राम भारतको अयोध्यामा नभई नेपालकै ठोरीमा रहेको अयोध्यामा जन्मनुभएको अभिव्यक्ति दिनुभएपछि भारत थप सशङ्कित बनेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्