सिन्धुपाल्चोक पहिरो अपडेट : मृतक पाँचको सनाखत, ३ दर्जन बढी बेपत्ता

Machchapuchchre

सिन्धुपाल्चोकको लिदीमा गएको पहिरोमा परेका पाँच स्थानीयको शव नेपाली सेनाले निकालेको छ ।

उनीहरू सबैको सनाखत भएको छ । उद्धारमा संलग्न स्थानीय विष्णु दोङले दिएको जानकारीअनुसार ३२ वर्षीया टीकामाई दोङ, १७ वर्षीय छिरिङ दोङ, ७९ वर्षीया वृद्धाबिताई दोङ, ६५ वर्षीय जयबहादुर दोङ र १० वर्षका बालक मिलन दोङको पहिचान खुलेको हो ।

पुरिएकाको संख्या अझै यकिन हुन सकेको छैन ।  उद्धार कार्य जारी रहेको श्रेष्ठले बताए । पुरिएकामध्ये सुभाष तामाङ वडा नं. ३ बोल्दे गाउँका हुन् । उनी मामाघर आएका थिए ।  शुक्रबार बिहान ६ बजेर ५० मिनेट जाँदा लिदीमा ठूलो पहिरो गएको थियो ।  गाउँको बीचभागमा आएको पहिरोले ३७ घर पुरेको थियो । ३७ मध्ये २० घर भने खाली थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्