शुक्रबार र शनिबार कलंकीदेखि कोटेश्वरसम्म चार घण्टा सवारी चलाउन नपाइने

Machchapuchchre Bank

काठमाडौं । भोलि शुक्रबार र पर्सी शनिबार चार घण्टा कलंकीदेखि सातदोबाटो हुँदै कोटेश्वरसम्मको मुख्य लेनमा सवारी साधन चलाउन ट्राफिक प्रहरीले रोक लगाउने भएको छ। मुख्य लेनमा सवारी साधन चलाउन रोक लगाउँदै ट्राफिक प्रहरीले दायाँ बायाँको सर्भिस लेनमा भने अनुमति दिएको छ।

साग खेलकुदमा यी दुई दिन सो सडक खण्डमा साइक्लिङ हुदैँछ। त्यसका लागि नै मुख्य लेनमा सवारी चलाउन रोक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताए। स्रोतका अनुसार विहान ११ बजेदेखि ३ बजेसम्म सो सडक खण्डको मुख्य लेनमा सवारी चलाउन पाइने छैन।

सो दिन सोही सडकखण्डमा सवारी नचलाई वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले सबैसँग आग्रह गरेको छ। प्रहरीले सर्वसाधारणलाई करिडोरको मार्ग प्रयोग गर्न भनेको छ। दक्षिण एसियाली खेलकुद (साग) का लागि करिब ५ हजार विदेशी पाहुना यतिबेला नेपालमा छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्