थप १६७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ३४४ पुग्यो

Machchapuchchre

अर्थ राजनीति ~  नेपालमा १६७ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १७ हजार ३४४ पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा चार हजार ९८० जनाको कोभिड–१९ परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ । हाल २३ हजार ५०० जना क्वारेन्टाइनमा बसेका छन् । आइसोलेसनमा छ हजार ५६ जना छन् । बिहीबारसम्म तीन लाख तीन हजार ८१० जनाको आरटी पीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा ६९७ जना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म कुल ११ हजार २४९ जना कोरोना मुक्त भई घर फर्केका छन् । कोरोनाभाइरस सङ्क्रमण सक्रिय रहेको बिरामीको सङ्ख्या छ हजार ५६ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएको छ ।
कोरोना सङ्क्रमणबाट नेपालमा हालसम्म ३९ जनाको मृत्यु भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्