प्राकृतिक बिपत्ति बाढी-पहिरोको: एक महिनामा ८८ जनाको ज्यान लागि सक्यो

Machchapuchchre

अर्थ राजनीति ~ गएको जेठ ३० गते मनसुन सुरु भएपछिका ३० दिनमा ८८ जनाको ज्यान गएको हो । सबैभन्दा धेरै म्याग्दीमा २७, पर्वत र जाजरकोटमा ९/९, बझाङ र कास्कीमा ७/७ जना, गुल्मीमा ५, पाल्पा र लमजुङमा ४/४ जना, सिन्धुपाल्चोकमा ३ जनाको ज्यान गएको प्राधिकरणको तथ्याङ्क छ । त्यस्तै रुकुम पश्चिम र दार्चुलामा २/२ जना, गोरखा, स्याङजा, बाग्लुङ, डोटी, सल्यान, कालिकोट, सुर्खेत, झापा र चितवनमा एक÷एक जनाले ज्यान गुमाएका छन् । सबैभन्दा धेरै भेलपहिरोले क्षति पुर्‍याएको छ ।

अहिलेसम्म म्याग्दी, सिन्धुपाल्चोक, पर्वत, बझाङ, कास्की, जाजरकोट, पाल्पा, लमजुङ, गुल्मी, झापा, चितवन, सल्यान, कालीकोट, सुर्खेत, गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी र दार्चुला बढी प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्