आज राष्ट्रियसभाबाट नयाँ नक्शासहितको निशान छापसम्बन्धी संविधान संशोधन पारित हुने

Machchapuchchre

अर्थ राजनीति ~ नेपालको नयाँ नक्शासहितको निशान छापसम्बन्धी संविधान संशोधन विधयेक आज राष्ट्रियसभाबाट पारित हुने भएको छ । आज राष्ट्रियसभामा मतदान भई पारित भएपछि पारित भएसँगै राष्ट्रपतिकोमा स्वीकृतिका लागि जानेछ ।

यसअघि नयाँ नक्शासम्बन्धी संविधान संशोधन विधयेक प्रतिनिधिसभाबाट पारित भइसकेको छ । प्रतिनिधिसभामा कोही पनि विपक्षमा रहेनन् । केही सांसद भने अनुपस्थित थिए ।

राष्ट्रियसभाबाट पारित गरी राष्ट्रपतिले स्वीकृत गरेपछि लालमोहर लागी निशान छापले औपचारिकता पाउनेछ ।

कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको भुभाग समेटेर नेपालले नयाँ नक्शा जारी गरेको थियो । यसप्रति भारत असन्तुष्ट रहँदै आएको छ ।

५८ वर्षपछि उक्त भुमिसहितको नक्शा जारी गरेपनि भोगचलन भने भारतले गर्दै आएको छ । भुमि फिर्ता ल्याउन कुटनीतिक पहल गरिने भनिएको छ । तर, भारतले यस मामलामा वार्ता गर्ने चासो देखाएको छैन ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्