२५० जना नयाँ संक्रमित थपिए, कुल संख्या चार हजार ६२२ पुग्यो

Machchapuchchre

अर्थ राजनीति ~ नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या चार हजार ६२२ पुगेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २५० जना नयाँ संक्रमित थपिएका जनाइएको छ ।

योसँगै कुल संक्रमितको संख्या ४६ सय २२ पुगेको बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा जानकारी दिइएको हो ।

नयाँ संक्रमितमा २० जना महिला हुन् ।

नेपालमा अहिलेसम्म कोरोनाबाट १५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा आठ महिलासहित १८७ जना उपचारपछि ‘डिस्चार्ज’ भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ८७ महिलासहित ८६१ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

हाल देशभर तीन हजार ७३८ जना ‘आइसोलेसन’मा रहेका छन् । एक लाख ६२ हजार १३ जना ‘क्वारेन्टिन’मा रहेको पनि मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्