भक्तपुरका कोरोना संक्रमित भनिएका व्यक्ति भीम रावलका सुरक्षा गार्ड

Machchapuchchre

अर्थ राजनीति – भक्तपुरमा कोरोना संक्रमण देखिएका २७ वर्षीय पुरुष पूर्व गृहमन्त्री भीम रावलका सुरक्षागार्ड भए पनि उनी एक महिनाअघि देखि विदामा रहेको खुलेको छ।

मंगलवार काठमाडौं उपत्यकाभित्र तीन जनामा कोरोना संक्रमण देखिएको हो। भक्तपुर दुवाकोटका २७ वर्षीय संक्रमित पूर्व गृहमन्त्री भीम रावलका सुरक्षा गार्ड हुन्।

उनी सशस्त्र प्रहरीको नीलबाराही गणमा दरबन्दी रहेको छ। उनीको स्थायी निवास भने रामेछाप रहेको छ। उनी बिदा लिएर घर गएका थिए। फर्किएर आएपछि कोरोना परीक्षण गर्दा पोजेटीभ देखिएको हो। ‘उहाँ एक महिनादेखि विदामा बस्नु भएको देखिन्छ,’ एक प्रहरी अधिकृतले जानकारी दिए।

मंगलवारमात्रै काठमाडौंमा जनामा कोरोना संक्रमण देखिएको हो भने भक्तपुरमा दुई जना।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्