उपत्यकामा कोरोना पुस्टि भएका व्यक्ति कुन ठाउका थिए ?

Machchapuchchre

अर्थ राजनीति –  उपत्यकामा कोरोना भाइरसको पुष्टि भएका मध्ये दुई जना महिला र एकजना पुरुष रहेका छन् । संक्रमित मध्ये एक जना महिला चन्द्रागिरि नगरपालिकाकी रहेकी छन् । ३३ वर्षिया ती महिला लकडाउन कै दौरान बैशाख २९ गते कञ्चनपुरबाट राजधानी भित्रिएको बताइएको छ । अर्को एक महिला र पुरुष भने भक्तपुरका रहेका छन् । भक्तपुरकी २५ वर्षिया महिला सुनसरीबाट बैशाख २९ गते काठमाडौं आएकी थिइन्। काठमाडौं आइसकेपछि उनी भक्तपुरस्थित ठिमीमा साथीको कोठामा बसेकी थिइन् ।

भक्तपुरकै अर्का संक्रमित २७ वर्षिय पुरुष पर्साबाट राजधानी भित्रिएका थिए । उनी दुवाकोटस्थित आफ्नै डेरामा बस्दै आएका थिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरु कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ ।  मंगलबार एकैदिन नेपालमा ८३ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्