अर्थ राजनीति – नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । बुधबार नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेको हो ।
सामाजिक सञ्जाल मार्फत भ्रमपूर्ण टिकाटिप्पणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ । प्रहरी स्रोतका अनुसार उनी राजधानीको सोह्रखुट्टेबाट पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको छ ।
तिन दिन अगाडी उनले एउटा ट्वीट गरेका थिए, जुन सामाजिक संजालमा धेरै चर्चित भएको थियो ।
कोरोना बोसिय फ्याटिय तत्व हो, तातो खाने बस्ने, नेपालमा महामारी रूप लिनै सक्दैन~ प्रम एवं मानार्थ 'बरिष्ठ भाइरोलजिष्ट तथा ईपिडिओमोलजिष्ट' डा ओली 😜🤪😂
— bhim upadhyaya (@upadhyayabhim) April 19, 2020