नबिल बैंकको ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा, ग्राहकले चौबिसै घण्टा सेवा पाउने

Machchapuchchre

काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई अझै उत्कृष्ठ सेवा प्रदान गर्ने उद्देश्यले ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । यस नबिल ग्राहक सेवा केन्द्रको शुभारम्भले ग्राहकहरुलाई चौबिसै घण्टा ३६५ दिन ९२४×७० सेवा प्रदान गर्नेछ ।

यस कार्यक्रमले ग्राहकहरुका लागि एकल विन्दुको रुपमा काम गर्ने र बैंकको ग्राहक सेवा केन्द्र अत्याधुनिक प्रविधियुक्त्त हुनेछ साथै यसले आफ्ना ग्राहकहरुलाई उच्च गुणस्तरीय सेवा प्रदान गर्नेछ । त्यसैगरी, यसले आगमन र निगमन कलहरू दुबै सम्हाल्नेछ र यसले देश तथा विदेश मा रहेका ग्राहकवर्गहरूलालाई सुचना आदानप्रदान गर्ने कार्य गर्नेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले “बैंकको यस ग्राहक सेवा केन्द्रले हाम्रा ग्राहकलाई अझै उत्कृष्ट सेवा प्रदान गर्न मद्दत गर्नेछ । साथै, नबिल बैंकले मुख्यरुपमा जोड दिदै आएको कस्टुमर सर्भिस डेलिभरीलाई थप सुधार गर्नुका साथै कस्टुमर एक्सपिरियन्सलाई अझ परिस्कृत र सुदृढ बनाउनका लागि बल प्रदान गर्ने” कुरा बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्