कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८२ हजार ७४ पुग्यो, १४ लाख ३१ हजारबढी संक्रमित

Machchapuchchre

काठमाडौं । महामारीका रूपमा फैलिएकाे कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या ८२ हजार ५८ पुगेको छ । यो भाइरसबाट १४ लाख ३१ हजार ६८९ जना संक्रमित भएका छन् । संक्रमण फैलिएका मध्ये ३ लाख २ हजार १४२ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट फर्किएका छन् ।

बितेको २४ घण्टामा विश्वमा ८४ हजार ९४ जनामा कोरोनाको नयाँ संक्रमण देखिएको छ । त्यस्तै ७ हजार ३४१ जना संक्रमितको उपचारका क्रममा ज्यान गएको छ । अहिले १० लाख ४६ हजार ३०७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये ४७ हजार ९१२ जनाको अवस्था गम्भीर छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको महामारी अहिले विश्वका २०९ देशमा पुगेको छ । वितेको २४ घण्टामा महामारी फैलिएको चीनमा नयाँ संक्रमण र मृत्यु देखिएको छैन । चीनमा अहिलेसम्म ३ हजार ३३१ जनाले ज्यान गुमाएका छन् भने ८१ हजार ७४० जना संक्रमित छन् । जसमध्ये ७७ हजार १६७ जना उपचारपछि घर फर्किएका छन् । अहिले १ हजार २४२ जना विभिन्न अस्पतालमा उपचाररत छन् । २११ जनाको अवस्था गम्भीर छ ।

यो २४ घण्टामा सबैभन्दा बढी संक्रमण र मृत्यु अमेरिकामा देखिएको छ । अमेरिकामा १ हजार ९४२ जनाको मृत्यु बितेको २४ घण्टामा हुँदा ज्यान जानेको संख्या १२ हजार ८१३ पुगेको छ । त्यस्तै २४ घण्टाको अवधिमा ३२ हजार ९३३ जनामा नयाँ संक्रमण देखिएको छ । अहिले अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ९९ हजार ९३७ पुगेको छ ।

त्यस्तै दोस्रो धेरै संक्रमित भएको स्पेनमा १ लाख ४१ हजार ९४२ जना संक्रमित छन् । बितेको २४ घण्टामा ५ हजार २६७ जनामा संक्रमण देखिएको छ । ७०४ जनाको मृत्यु भएको छ । योसँगै स्पेनमा ज्यान गुमाउनेको संख्या १४ हजार ४५ पुगेको छ ।

सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ । इटालीमा ज्यान गुमाउनेको संख्या १७ हजार १२७ पुगेको छ । यो २४ घण्टामा इटालीका ६०४ कोरोना संक्रमितको मृत्इु भएको छ । इटालीमा १ लाख ३५ हजार ५८६ जनामा कोरोना संक्रमण छ ।

त्यस्तै फ्रान्समा बितको २४ घण्टामा १ हजार ४१७ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १० हजार ३२८ पुगेको छ । अहिलेसम्म फ्रान्समा १ लाख ९ हजार ६९ जना संक्रमित छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्