प्रधानमन्त्री ओलीले मंगलबार देशबासीको नाममा सम्बोधन गर्ने

Machchapuchchre

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरिरहेका कामबारे जानकारी दिनेछन् ।

प्रधानमन्त्री ओलीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्ने जनाइए पनि समय भने तय नभएको स्रोतले जनाएको छ । यसअघि प्रधानमन्त्रीले आजै देशवासीका नाममा सम्बोधन गर्ने बताइएको थियो। लक डाउन जारी हुनुअघि प्रधानमन्त्री ओलीले चैत ७ गते देश देशवासीलाई सम्बोधन गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्