प्रधानमन्त्री ओलीले आज देशबासीका नाममा सम्बोधन गर्दै

Machchapuchchre

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले बिहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। प्रम ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो ट्वीटरमार्फत ओलीले सम्बोधन गर्न लागेको जानकारी दिएका हुन्।

उनको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ। आज प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरिरहेका कामबारे सम्बोधन गर्ने ठानिएको छ। लक डाउन जारी हुनुअघि प्रधानमन्त्री ओलीले चैत ७ गते देश देशवासीलाई सम्बोधन गरेका थिए।

यसअघि प्रधानमन्त्रीले हिजै देशवासीका नाममा सम्बोधन गर्ने बताइएको थियो। लक डाउन जारी हुनुअघि प्रधानमन्त्री ओलीले चैत ७ गते देश देशवासीलाई सम्बोधन गरेका थिए । कोरोना कारण मुलुकमा लकडाउन गरिएसँगै सरकारले प्रत्यक्ष असर पुर्‍याएकाहरुलाई राहतको प्याकेजको पनि घोषणा गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्