कोरोनाबारे देउवाले गरे पाँच पूर्वप्रधानमन्त्रीसँग टेलिफोनमा छलफल

Machchapuchchre

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमण संकटसँग जुध्न आवश्यक रणनीति तयार गर्नु पर्ने भन्दै सक्रियता देखाएका छन्।

देउवाले पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीसँग टेलिफोनमा कुराकानी गरेका हुन्।

आइतबार सभापति देउवाले पूर्वप्रधानमन्त्रीहरूसँग टेलिफोन गरी कोरोना संक्रमणसँग जुध्न सरकारले गरेका तयारी र अब चाल्नु पर्ने कदमबारे छलफल गरेको देउवाको सचिवालयले जानकारी दिएको छ।

‘कोरोना संकटबाट नेपाल र नेपालीलाई जोगाउन ऐक्यवद्ध भएर गम्भीर ढंगले काम गर्न सभापतिज्यूले पूर्वप्रधानमन्त्रीहरूसँग कुराकानी गर्नुभएको हो,’ देउवाको सचिवालय स्रोतले भन्यो।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि सभापति देउवाले पूर्वप्रधानमन्त्रीहरू र मन्त्रिपरिषदका पूर्वअध्यक्षसँग कुराकानी गरेर कोरोना संक्रमण संकटबारे कुराकानी गरेको जानकारी दिए।

सभापति देउवाको आग्रहलाई सबैले सकरात्मक रूपले नै लिएको र संकटका बेला सबै एक भएर मिलेर जानुपर्नेमा जोड दिएको शर्माको भनाइ छ। देउवाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रचण्ड, वरिष्ठ नेता खनाल र नेपालसँग सरकारका कमीकमजोरी छन् भने सच्याएर जानुपर्ने पनि बताएका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्