खरिपाटी क्वारेन्टाइनमा राखिएका ९४ जनाकै कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

Machchapuchchre

काठमाडाैं । भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका सबै ९४ जनामा कोभिड(१९ नेगेटिभ देखिएको छ। विभिन्न देशबाट आएकाहरूको अन्तिम रिपोर्टमा कोरोना नेगेटिभ पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर देवकोटाले खरिपाटीमा क्वारेन्टाइमा रहेका ९४ जनाको कोरोना परीक्षणमा ९४ जनाकै रिपोर्ट नेगेटिभ आएको हो । प्रवक्ता डा देवकोटाले देशभरका अस्पतालमा १ सय १३ जना कोरोनाको आशंकामा आइसोलेसनमा भएको पनि जाकारी दिए ।

यस्तै स्वास्थ्य मन्त्रालयले वेबसाइड र मोवाइल एप्स मार्फत गरेको सर्वेमा कोरोनाको लक्षण आफुमा भएको भन्दै ८ हजार ९८ जना व्यक्तिले सूचना दिएका छन् । ती मध्ये हालसम्म १ सय ५० जना रेड जोनमा रहेका छन् । कोरोनाको आशंकामा स्वास्थ्य मन्त्रालयलाई आफ्नो लक्षणबारे बताउने मध्येबाट स्वास्थ्य मन्त्रालयले आज मात्र २४ जनालाई रेड जोनमा राखेको हो ।

प्रवक्ता देवकोटाले शनिबार कोरोना संक्रमण देखिएका ३ जना व्यक्तिको परिवारलाई पनि क्वारेन्टाइमा राखिएको बताए । उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र हालसम्म १५ सय ३९ वटा नमूना परीक्षण गरिएको र आज नयाँ कोरोनाको केस नभएको पनि बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्