एकाबिहानै लकडाउन उल्लंघन गर्ने १ हजार २८८ जना पक्राउ

Machchapuchchre

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिकएको कोरोनाभाइरसको भाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउनको आज १३ ‍औं दिन । काठमाडौं उपत्यका लगायत मुलुकका मुख्य शहर सुनसान छन् । लकडाउन उल्लंघन गर्नेहरुलाई प्रहरीले थप कडाई गरेको छ ।

आज बिहान ८ बजेसम्म लकडाउन उल्लंघन गर्ने १ हजार २८८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जसमा १ हजार ४० जना पुरुष र २ सय ४८ जना महिला रहेको प्रहरीले जनाएको छ । त्यसैगरी लकडाउनको उल्लंघन गर्ने ६२ वटा सवारी साधन समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँनडुल गर्नेलाई प्रहरीले कारबाही गर्ने गरेको छ ।

लकडाउनका कारण मुख्य सडकमा आवतजावत ठप्प छ भने भित्रि सडकमा सामान्य चहलपहल छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले घर बाहिर ननिस्किन तथा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्