कोरोनाको चुनौति र समाधान

RBB
सीता पौड्याल

अर्थ राजनीति । बिश्वब्यापीरुपममा फैलिएको कोरोना भाईरस ( Covid-19 ) माहामारीको रुपमा मानव शभ्यताकोलागी ठुलोचुनौतीको रुपमा फैलीरहेको छ । यस रोगले बिश्वभरीनै जनताहरुलाई भयाभह र त्रासपुर्ण बनाएको छ । आजको दिनमा घरभित्र रहेर भाइरसबाट केहि हद सम्म सुरक्षित महसुस गरे पनि प्राय सबै जनताको मन अशान्त छ । लकडाउनको पूर्वजानकारी नभएकाले ग्यास, चामललगायतका खाद्यान्न र सिटामोल लगायतका सामान्य औषधि पनि घरमा छैनन् । परिस्थिति नियाल्दा अझै यो अबस्था लम्बिने छाँट काँट देखिन्छ ।

यस्तो विषम परिस्थितीमा यसको नियन्त्रणका निमित्त नेपाल सरकारले सम्बेदनशिल र जिम्बेबार भएर तिनै तहका केन्द्रीय, प्रदेश र विशेसगरि स्थानीय तह गाऊ, नगर, वडा तहका सरकारहरुको बिचमा र सबै राजनितिक दल, नागरिक समाज, मानव अधिकारबादीहरु र स्वास्थ्यकर्मी संग समेत सम्वोनय गरेर विभिन्न रचनात्मक र सकारात्मक कार्यक्रमहरुको तर्जुमा गरेर समस्याहरुको समाधानको बिकल्पहरु खोज्नु आबस्यक छ ।

अहिले सबैको चिन्ता र सरकारप्रतिको अविश्वास बढ्दै गएको छ । औषधि उपचारमा कमी हुन्न, भोकमरीको अबस्था सिर्जना हुन्न,  स्वास्थ्यकर्मीको सुरक्षा र भाइरस संक्रमितको जाँचमा कुनै कमी आउँदैन भनेर सरकारले दिएको अभिव्यक्ति मात्र अभिव्यक्तिमा सिमित नहोस, बोलेका कुरा व्यवहारमा उतार्नुपर्यो, आजको विषम परिस्थितिमा जनताको माग यही हो ।

अन्य राष्ट्रमा झैं भयाभवको स्थिति उत्पन्न भयो भने हाम्रो हालत के होला ? कल्पनागर्दा समेत कहाली लाग्छ । यस्तो अबस्थामा सरकारले आफ्ना जनप्रतिनिधि, उद्योगपति, सामाजिक अभियन्ता, प्रहरी प्रशासन, सेना सबैको सहयोग लिएर विपद आउँदा पनि सर्बसाधारण जनता बिचल्लित हुनु पर्दैन भन्ने तयारीको संकेत देखाऊनु अपरिहार्य भैसक्यो ।  दैनिक उपभोग्य वस्तुको आपूर्ति र अत्यावश्यक सेवालाई सहज बनाउनु अहिले सरकारको प्रमुख कर्तब्य हो ।

नेपाल जहा करिब एक चौथाई जनता गरिबीको रेखा मुनि छन्, जो बैंक ब्यालेन्स नभएका, प्रविधिको पहुँच नभएका, भण्डारमा वर्ष दिन पुग्ने गरी खाद्यान्न संग्रह नगरेका, ग्यासका सिलिन्डर सन्चय नभएका, दैनिक मजदूरी गरेर छाक गुजार्नेको खोजी गरियोस । नियम, कानून र भाषण नबुझ्ने, नसुन्ने, टीभी, रेडियो नभएका जनताकहाँ पुगियोस । सम्पन्न व्यक्ति र कम्पनीको ऋण र व्याज सहुलियतको कुरा मात्र होइन, केही नहुनेहरूका घाउमा मल्हम लगाऊनुपर्यो । वडा–वडामा सम्पर्क व्यक्ति को हुन् सबैलाई थाहाहुनु पर्यो । आपतकालीन समयमा जनता आत्तिएर मानसिक रुपमा विक्षुब्ध हुन नपरोस् । बाहिरबाट सहयोग स्वोरुप आएका  र आयातित स्वास्थ्य सेवा सम्बन्धी सामानको सही सदुपयोग होस् । राहत कोषले वास्तविक पीडितलाई राहत पुगोस् । सरकारले जनतामा आफ्नो विश्वसता बढाउने सु–अवसर बनेर आएको यो समयलाई सार्थक बनाओस् । सानातिना समस्याबाट जनतालाई माथि उकास्न सकोस् ।

वास्तविक सेवाग्राहीको पहिचान गर्न ढिला भइसकेको छ आफ्ना जनप्रतिनिधि र सरकारका अन्य संयन्त्रलाई छिटोभन्दा छिटो परिचालन गरेर कार्यान्वयनमा ल्याऊनु आबस्यक देखिन्छ । लकडाउन सबैका लागि समान परिस्थितिमा छैन, यस तथ्यलाइ अनुसरण गरि सरकार अगाडी बढ्नु अहिलेको प्रमुख आबस्यकता हो । हिजो निर्वाचनमा भोट माग्न घरघरमा पुगेजस्तै आज यो विषम परिस्थितिमा जनता बाहिर निस्कन पाउन्नन्, त्यसैले सरकार घरघरमा पुगोस्, जनताको अन्तरआत्माको चाहना र कामना यहि हो ।

स्वास्थ्यकर्मिहरुलाई यथाशिघ्र स्वास्थ्यसुरक्षाका सामाग्रिहरु पर्याप्त मात्रामा उपलब्ध गराउनपनि सरकारको ध्यानाकार्षर्ण गर्न चाहान्छु । स्वास्थ्यकर्मिहरुलाई स्वास्थ्यसुरक्षाको विशेष ब्यबस्था मिलाउदै कोरोना भाईरसबाट आम सर्बसाधारणहरुलाई सचेत गर्न र गाराउनपनी त्यतिकै जरुरी छ । बिदेशबाट स्वोदेश  फर्किएका ब्याक्तिहरुको पहिचान गरी आबस्यक स्वास्थ्य परिक्षण गरी क्वारेन्टाईनमा राख्ने ब्यबस्था मिलाएर उपचार गर्न सहयोग गर्न पनि त्यतिकै जरुरी छ ।

अन्त्यमा हामि नेपालीहरु सबै कोरोना बाट बच्न बिज्ञहरुले दिएको सलाह सुझाब अबलम्बन गरौ, हल्लाका पछाडी नलागौ, अनाबास्यक घर बाहिर ननिस्कौ, आफु पनि बचौ अरुलाइ पनि बचाऊ र बिश्वको सामु आत्मसंयम  नेपालीको पहिचान बनाउ भन्ने सम्पुर्ण स्वोदेश तथा बिदेशमा रहनुहुने नेपाली बुबा, आमा, दाजु, भाई दिदी बहिनिहरुलाई बिनम्रताका साथ अनुरोध गर्न चाहानछु ।

 

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्