कालिकोट । कालिकोटमा लगातार दुइ वटा शक्तिशाली बम बिष्फोट भएका छन् । कालिकोटकाे शान्तीघाटमा फुकोड कर्णाली हाइड्राेको अनुगमनका लागि आएका उर्जामन्त्री बर्षमान पुन र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित गरी बम विष्फोट गराइएको जनाइएको छ ।
यो समाचार तयारपार्दासम्म बिस्फोटको जिम्मा कसैले नलिएको भएपनि विप्लप नेतृत्वको नेकपाका कार्यकर्ताले चेतावनी स्वरुप बिस्फोट गराएको हुनसक्ने जनाइएको छ । उर्जा मन्त्री पुन र मुख्य मन्त्री शाही सहभागी कार्यक्रम स्थल नजिकै ब’म बिष्फोट भएपछि सभामा सहभागीहरुको भागाभाग भएको छ ।
बम विष्फोटका कारण के कति क्षति भएको छ भन्नेबारे अहिलेसम्म जिल्ला प्रशासन कार्यालय कालिकोटले कुनै जानकारी दिएको छैन। यद्दपि औपचारिकरुपमा ब’म बिस्पोटको जिम्मा नलिए पनि नेकपाका कालीकोटका सेक्रेटरी मनिलाल ऐडीले स्थानिय केही पत्रकारहरुलाई म्यासेस मार्फत ब’म बिस्पोट आफुहरुले गराएको बताएको अपुष्ट खबर प्राप्त भएको छ ।
फुकोड कर्णाली हाइड्राेको अनुगमनका लागि उर्जामन्त्री बर्षमान पुन, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, माननीय दुर्ग बहादुर रावत, प्रदेश माननीय क्रुमराज शाही, जिल्ला पार्टी अध्यक्ष धनजित शाही र सचिव नेशनल शाही लगायत स्थानीय तहका प्रमुख उपप्रमुख लगायत स्थानीयको सहगागिता रहेको जनाइएको छ ।
पछिल्लो पटक बिद्रोही नेकपाले आफ्नो पार्टी माथिको सरकारी प्रतिबन्धको प्रतिवाद गर्दै सत्तारुढ दलका नेता, मन्त्री जनप्रतिनिधिलगायतकालाइ गाउँ प्रवेशमा रोक लगाउदै आएको छ । नेकपाले आफ्नो पार्टीमाथिको प्रतिबन्ध हटाएर जनतामा राजनीतिक गतिबिधि गर्ने बातावरण नबनाउने बेलासम्म आफुहरुले पनि सरकारी पार्तिमथी प्रतिबन्ध कायम राख्ने नीति लिएको छ ।
सरकारले हत्तोसाहित हुँदै बिद्रोही नेकपामथी हठात प्रतिबन्ध लगाएयता पार्टीका तत्कालिन स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलीसहित दर्जनौ केन्द्रिय नेता र सयौ जिल्ला नेताहरुलाई गिरफ्तार गरेर थुनामा राखेको छ । सरकारले एकातिर वार्ताको हल्ला फिजाउने र अर्को तिर नेकपाका नेता कार्यकर्तामाथिको धरपकड जारी राख्ने गरेका कारण नेकपाले सत्तारुढ दलका नेता मन्त्री सहभागी कार्यक्रमलाई लक्षित गरि बिस्फोट गर्ने गरेको छ ।

 
			

 
					
 
                             
							 
                             
                             
                             
                            