नेपाली सेनाद्धारा स्वास्थ्य सामग्री खरिद गर्ने टेण्डर प्रक्रिया रद्द

Machchapuchchre Bank

नेपाली सेनाले कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री तथा उपकरणहरू खरिद गर्ने प्रक्रिया रद्द गरेको छ। सरकारले कोरोनाभाइरस रोकथामका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री जिटुजीमार्फत् ल्याउने भएपछि सेनाले खरिद प्रक्रिया रद्द गरेको हो।

यसअघि सेनाले १७ करोडको स्वास्थ्य उपकरण तथा सामग्री ल्याउनका लागि टेण्डर आह्वान गरेको थियो। सरकारबाट प्राप्त १० करोड र सेना आफैंले ७ करोड गरी १७ करोड रुपैयाँको स्वास्थ्य सामग्री खरिद गर्ने सेनाको तयारी थियो। सरकारले जिटुजी प्रक्रियामार्फत् स्वास्थ्य सामग्री ल्याउँदा सेनालाई अगाडि सार्ने तयारी गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्