काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै सबै सीमा नाका बन्द गरेपछि पनि केही नेपाली नेपाल भारत सीमामा आइपुगेर अलपत्र परेपछि उनीहरुलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ ।
कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकले उनीहरुलाई एक पटकका लागि नेपाल प्रवेशको अनुमति दिने निर्णय गरेको हो । तर उनीहरु अनिवार्यरुपमा क्वारेन्टाइनमा बस्नुपर्नेछ ।