कञ्चनपुरको मतपरिणाम सार्वजनिक, सत्तारुढ नेकपाका उम्मेदवार विजयी

Machchapuchchre

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा सत्तारुढ दल नेकपाका उम्मेदवार विजयी भएका छन् । खानेपानी मन्त्री बीना मगरले मतदान गरेको यो वडामा नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ विजयी भएका हुन् ।

तामाङले ५२८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३१० मत पाए । ११९९ मतदाता रहेको यो वडामा शनिबार भएको उपचुनावमा ९२४ मत खसेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्