कास्कीमा मतगणना आज राति १० बजेबाट सुरु हुने

Machchapuchchre

पोखरा । कास्की क्षेत्र २ को प्रतिनिधिसभाको उपचुनावमा अनुमानित ६५ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान ५ बजेसम्म जारी थियो । मतदातालाई त्रसित बनाउने गरि विभिन्न ४ ठाउँमा ब’म बिस्फोट समेत भएको थियो ।

मतदाता त्रसित बनाउने गरि ब’म बिस्फोटका घटना घटे पनि शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको छ । मत गणना पनि आजैदेखि सुरु गरिने भएको छ । जिल्ला समन्वय समितिको भवनमा १० बजेदेखि मत गणना सुरु गरिने जिल्ला निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले जानकारी दिए ।

मत गणनाअघि ९ बजे सर्वदलीय बैठक बस्नेछ । ७ बजेसम्ममा मतदान केन्द्रबाट मतपेटिका जिल्ला समन्वय समितीको भवनमा ल्याउने छ ।कास्की २ मा ७१ हजार ८ सय ७१ मतदाता सङख्या मध्ये शनिबारको उपनिर्वाचनमा करिब ६४ प्रतिशत अर्थात ४५ हजार जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी सुवेदीले बताए ।

उपनिर्वाचनमा पुरुष भन्दा ६ प्रतिशत अर्थात २ हजार ७ सय जना बढी महिला सहभागिता भएको उनले जनाए । उनका अनुसार महिला ५३ प्रतिशत अर्थात २३ हजार ८ सयष् ५० र पुरुष ४७ प्रतिशत अर्थात २१ हजार १ सय ५० मतदानमा सहभागि भएका हुन्। यसको एकिन तथ्याङक भने केही समय पछि मुख्य निर्वाचन कार्यालयमा सम्पुर्ण मतपेटिका आए पछि मात्र थाहा हुने जनाएको छ ।

बिहान ७ः०० बजे देखि सुरु भएको मतदान आज साँझ ५ बजे सम्पन्न भएको हो । पोखरा महानगरभित्र का ११ वटै वडामा ३२ मतदान स्थल मध्य ८२ मतदान केन्द्रमा छिटपुट घटना बाहेक सौहार्द पूर्ण रुपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले बताए । कास्की २ मा १० स्वतन्त्र सहित २१ जना उम्मेदवार रहेकाछन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्