थवाङको मतपरिणाम सार्वजनिक, न्यून मतदानबाट ओली-प्रचण्डको पार्टीले गर्यो विजयी सुरुवात

Machchapuchchre

रोल्पा। रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ । नेकपाका जनकबहादुर बुढामगर वडाध्यक्ष विजयी भएका हुन् । चुनाव सकिएको २ घण्टा नबित्दै त्यहाँको मतपरिणाम सार्वजनिक गरिएको छ ।

थवाङ गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्ष चयनका लागि शनिबार मतदान भएको छ । तर मत एकदमै न्यून खसेको छ । यो वडामा कुल मतदाता १२८४ छन् । तर २०९ मत अर्थात १६.२८ प्रतिशत मात्र खसेको छ । ११० पुरुष र ९५ जना महिलाले मात्रै मतदान गर्न आएको मुख्य निर्वाचन अधिकृत ऋषिराम सुबेदीले जानकारी दिए ।

वडाध्यक्षका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जनकबहादुर बुढामगर र नेपाली कांग्रेसका कमलबहादुर रोकामगरबीच प्रतिस्पर्धा हुने अनुमान छ । थबाङ १ का तत्कालीन वडाध्यक्ष फर्कबहादुर बुढामगरको ६ असारमा निधन भएको थियो । यो त्यही वडा हो, जहाँ वडाध्यक्षसहित सबै पदाधिकारी नेत्रविक्रम चन्द समूहको नेतृत्व विजयी भएका थिए ।

फर्कबहादुरको निधनपछि वडा सदस्य भद्र झाँक्रीले कार्यवाहक अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए । मनोनयनको बेला उनले पनि अध्यक्ष पदमा उम्मेदवारी दिए पनि फिर्ता लिएका छन् । चुनावी नातिका सार्वजनिक भएपछि कति मतले नेकपा उम्मेदवार बिजयी भए भन्ने खुलाइएको छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्