मतदान सकिएपछि देउवाले मतदातालाई दिए धन्यवाद

Machchapuchchre

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार भएको उपनिर्वाचनमा सरिक भएका मतदातालाई धन्यवाद दिएका छन्। प्रतिकूल वातावरणमा पनि सक्रिय रूपमा मतदाताहरूले मतदान गरेको उल्लेख गर्दै देउवाले धन्यवाद दिएका हुन्।

‘निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनेभन्दा आफ्नो पार्टीलाई विजय गराउने ध्याउन्नमा सत्ताको दुरूपयोग गरियो,’ सभापति देउवालाई उद्धृत गर्दै शनिबार साँझ मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर भनेका छन्, ‘प्रतिकूल वातावरणमा मतदानमा सहभागी सबै मतदाताप्रति आभार प्रकट गर्दछौं।’

देउवाले मतपेटिका संकलन र मतगणना कार्यमा सतर्कता अपनाउन पनि कार्यकर्तालाई निर्देशन दिएका छन्। देउवाले निर्वाचन आयोग, निर्वाचनमा खटिएका राष्ट्रसेवक कर्मचारी र पत्रकारहरूलाई पनि धन्यवाद दिएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्