लमजुङ र सल्यानको मतपरिणाम पनि सार्वजनिक, को कति मतान्तरले भए विजयी ?

Machchapuchchre

काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिका २ को वडाध्यक्ष पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जितेको छ । शनिबार भएको निर्वाचनमा नेकपाका उम्मेदवार नविनकुमार श्रेष्ठ विजयी भएका हुन् । उनले ९९३ मत पाए । निकटतम प्रतिद्वन्द्वी प्रकाश सेढाईले ४८२ मत पाएका छन् । त्यहाँ नेकपाकै लोकराज पाण्डे विजयी भएका थिए । उनको पद रिक्त भएपछि उपचुनाव भएको हो ।

यस्तै सल्यानको कुमाख गाउँपालिका-५ कालागाउँमा भएको वडाध्यक्षको उपनिर्वाचनमा नेकपाका धर्मे बुढाथोकी विजयी भएका छन् । विजयी भएका बुढाथोकीले ७ सय ९२ मत ल्याएका छन् । बुढाथोकीका प्रतिद्वन्द्वी कांग्रेसका खडकबहादुर बस्नेतले २ सय ९१ र राप्रपाका गोपाल शाहले २१ मत ल्याएका मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ ।

१ हजार ८ सय ३९ मतदाता रहेको कुमाख गाउँपालिका-५ को वडाध्यक्ष पदको लागि भएको उपनिर्वाचनमा ६१.१२ प्रतिशत मत खसेको थियो। संख्यात्मक रुपमा १ हजार १ सय २४ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानका एक कर्मचारी राम कुमार खत्रीले बताएका छन। १ हजार १ सय २४ मध्ये पुरुष ५ सय २४ र महिला ६ सय रहेको उनले जानकारी गराएका छन्।

कुमाख गाउँपालिका-५ मा विजयी भएका वडा अध्यक्ष हरिप्रसाद बुढाथोकी जिल्ला समन्वय समितिको उपाध्यक्षमा विजयी भएर आएपछि वडाध्यक्ष पद खाली रहेकाले उप निर्वाचन गरिएको निर्वाचन अधिकृत हरिबहादुर बुढाथोकीले जानकारी गराए। उपनिर्वाचनमा नेकपाबाट धर्मे बुढाथोकी, कांग्रेसबाट खडकबहादुर बोहरा र राप्रपाबाट गोपाल शाहले उम्मेदवारी दिएका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्