कोरोना भाइरस : संक्रमण १७३ देशमा पुग्यो, ८९ सय ४३ को मृत्यु

Machchapuchchre

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण १७३ देशमा पुगेको छ । कोरोना भाइरसकै संक्रमणबाट ८ हजार ९ सय ४३ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म २ लाख १८ हजार ७ सय २१ जनामा संक्रमण देखिएको छ । कोरोना भाइरस संक्रमित मध्ये ८४ हजार ३ सय ८६ जना उपचारपछि घर फर्किएका छन् । चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमण चीनमा फैलन छाडेको छ । विगत केहिदिनदेखि चीनमा नयाँ संक्रमणको संख्या शुन्य छ भने ज्यान गुमाउनेको संख्या पनि देखिएको छैन् ।

चीनमा अहिलेसम्म ३ हजार २ सय ३७ जनाले ज्यान गुमाएका छन् भने ८० हजार ८ सय ९४ मा संक्रमण छ । ६९ हजार ६ सय १४ जना उपचारपछि घर फर्किएका छन् । उपचारपछि फर्किनेमा संक्रमण दोहोरिएको देखिएपनि नयाँ संक्रमित नभेटिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

चीनपछि दोस्रो धेरै प्रभावित बनेको मुलुक इटाली हो । इटालीमा ३५ हजार ७ सय १३ जनामा संक्रमण देखिएको छ । जहाँ ४ हजार २ सय ७ जनामा नयाँ संक्रमण देखिएको छ । अहिलेसम्म इटालीमा २ हजार ९ सय ७८ जनाले ज्यान गुमाएका छन् । ४ सय ७५ जनाले एक दिनमै ज्यान गुमाएका छन् ।

त्यस्तै इरानमा १७ हजार ३ सय ६१ संक्रमित छन् । १ हजार १ सय ३५ जनाले ज्यान गुमाएका छन् । कोरोनाकै संक्रमणबाट स्पेनमा ६ सय ३८, जर्मनीमा २८, अमेरिकामा १५०, फ्रान्समा २६४, दक्षिण कोरियामा ८४, स्वीटजरल्याण्डमा ३३, बेलायतमा १०४, नेदरल्याण्डमा ५८ जनाले ज्यान गुमाएका छन् ।

नेपालमा भने अहिलेसम्म संक्रमित फेला परेको छैनन् । नेपाल आएका एक चिनियाँमा देखिएको संक्रमण पनि ठीक भएर उनी फर्किएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्