विश्वविद्यालयको पठनपाठन चैत महिनाभर बन्द गर्ने सरकारको निर्णय

Machchapuchchre

काठमाडाैं । काेरोना भाइरसको संक्रमण फैलिन नदिन सतर्कता अपनाउँदै सरकारले चैत महिनाभर विश्वविद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवारको बैठकले पठनपाठन रोक्ने निर्णय गरेको हो ।

समितिको आठौं बैठकको निर्णय नम्बर १२ मा लेखिएको छ, ‘२०७६ चैत ६ गतेदेखि सञ्चालन हुन गइरहेको एसईई परीक्षा प्रत्येक केन्द्रहरूमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्ने तर बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय र विश्वविद्यालयहरूका पठनपाठन २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्