सिटिजन्स बैंकले ‘सिटिजन्स संरक्षित बचत खाता’ र ‘सिटिजन्स तलब बचत खाता’ सञ्चालनमा ल्यायो

Machchapuchchre

काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले सर्वसाधारणलाई लक्षित ‘सिटिजन्स संरक्षित बचत खाता’ तथा पेशाकर्मीलाई लक्षित ‘सिटिजन्स तलब बचत खाता’ सञ्चालनमा ल्याएको छ । सर्वसाधारणलाई गुणस्तरीय सेवा तथा सुविधा दिदैं आएको यस सिटिजन्स बैंकले उच्चतम ब्याज तथा सम्पूर्ण सुविधाका साथ २ नयाँ खाता को सञ्चालनमा ल्याएको हो ।

५ हजार रुपियाँमा खाता खोल्न मिल्ने ‘सिटिजन्स संरक्षित बचत खाता’ मा दैनिक मौज्दातमा वार्षिक ६ .५० प्रतिशतको उच्च ब्याजदर प्रदान गर्नुका साथै स्वास्थ्य र दुर्घटना मृत्यु बीमाको लाभसमेत प्राप्तगर्न सक्ने जानकारी गराईन्छ । यो योजनामा संलग्नहुने ग्राहकहरूका निम्ति ५० हजार रुपियाँको स्वास्थ्य बीमा र ५ लाख रुपियाँसम्मको दुर्घटना मृत्यु बीमा गरिएको छ र सो बराबरको दाबी भुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध हुनेछ ।

साथै शून्य रुपियाँमा नै खाता खोल्न मिल्ने तथा दैनिक मौज्दातमा वार्षिक ६ दशमलव ५० प्रतिशत ब्याजदर प्रदान गरिने ‘सिटिजन्स तलब बचत खाता’ कर्मचारीहरूको तलब व्यवस्थापन पेरोल एकाउन्ट म्यानेजमेन्टको लागि अत्यन्तै फलदायीहुने विश्वास बैंकले लिएको छ । यो योजनामा संलग्न हुने सम्पूर्ण कर्मचारीको निम्ति २५ हजार रुपियाँको स्वास्थ्य बीमा र ३ लाख रुपियाँसम्मको दुर्घटना मृत्यु बीमा गरिएको छ सो बराबरको दाबीभुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध गराईने छ ।

उत्कृष्ट सेवा प्रदान गर्ने हेतुले बैंकले यी दुबै योजना अन्तर्गत सहभागी भएका ग्राहकहरुका लागी विभिन्न प्रकारका सहुलियतहरू उपलब्ध गराएको छ । यी दुबै योजनामा निःशुल्क भिजा डेबिट कार्ड, निःशुल्क अन्तर शाखा कारोबार एबिबिएस,निःशुल्क आस्वा सेवा, निःशुल्क सिटिजन्स स्मार्ट बैंकिंग सुविधा, अनलाइन कारोवार गर्न सुरक्षित थ्री डि सेक्यूअर प्रविधिमा निःशुल्कदर्ता, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, विदेशी मुद्रामा ड्राफ्ट-स्विफ्ट जारी गर्दा ५०प्रतिशत छुट, नेपाल भरीका जुन सुकै एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने जस्ता अनेकन आकर्षक सहुलियतहरु उपलब्ध छन् ।

सिटिजन्स बैंक लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९१ वटा एटिएम र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट पाँचला भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनिउपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्