बैंक अफ काठमाण्डूले ल्यायो ‘बिओके सफलता मुद्दती खाता योजना, बचतदेखि बीमासम्मको सुविधा

Machchapuchchre

काठमाडौं । बैंक अफ काठमाण्डूले ‘बिओके सफलता मुद्दती खाता’ योजना सार्वजनिक गरेको छ । उक्त खाता खोल्ने ग्राहकलाई बैंकले सिद्धार्थ इन्स्योरेन्सको सहकार्यमा ११ लाखसम्मको बीमा सुबिधा पनि उपलब्ध गराएको छ । यो खातामा ग्राहकले वार्षिक ९.७५ प्रतिशत ब्याजदर पाउने बैंकले जनाएको छ । उक्त खाता २५ हजार रुपैयाँमा खोल्न सकिने छ ।

बैंकका अनुसार बीमा सुबिधा अन्तर्गत दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्त भए ५ लाख, १८ घातक रोगहरु लागे ५ लाख तथा औषधी उपचारको लागि १ लाख रुपैयाँसम्मको बीमा सुबिधाको उपयोग गर्न सकिने छ । बहिरंगको लागि २० हजार तथा अस्पताल भर्ना भई उपचार गर्दा ८० हजार रुपैयाँसम्मको बीमा सुबिधा पाउने बैंकले जनाएको छ ।

बैंक अफ काठमाण्डूले हाल ८७ शाखा, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्