अस्पतालमै भेट्न पुगेका प्रचण्डलाई ओलीले भने – ‘स्वास्थ्यमा सुधार भइरहेको छ’

Machchapuchchre

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रचण्ड साँझ ६ः४० बजेतिर त्रिवि शिक्षण अस्पताल परिसरमा रहेका मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए । प्रधानमन्त्री ओली र प्रचण्डबीच केही समय कुराकानी समेत भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

प्रचण्डसँगको कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भएको र चिन्ता गर्नु नपर्ने बताएकाे प्रचण्डको सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्डले ओलीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुसँग समेत कुराकानी गरेका थिए । चिकित्सकहरुले पनि ओलीको स्वास्थ्यमा सुधार आइरहेको जानकारी दिएका थिए ।

पेट दुख्ने समस्या देखिएपछि प्रधानमन्त्री ओली मंगलबार बिहान अस्पताल भर्ना भएका थिए । परीक्षणका क्रममा अपेन्डिसाइटिस भएको देखिएपछि चिकित्सकहरुले ओलीको शल्यक्रिया गरेका थिए । प्रधानमन्त्री ओली अहिले अस्पतालममै उपचाररत छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्