प्राईम बैंकले,कैलाश विकास बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गर्ने

Machchapuchchre

अर्थ राजनीति । आगामी २९ गतेबाट प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गर्ने लागेको छ । प्रणाली मिलाउनु पर्ने भएकाले अघिल्लो दिन दुवै बैंकको कारोबार बन्द हुने जानकारी छ  । प्राइमले कैलाश विकास बैंकलाई एक बराबर ०.९४ प्रतिशत सेयर अनुपातमा प्राप्ति गरेको हो । स्वाप रेसियोको आधारमा बोनस सेयरपछि कैलाश विकास बैंकको पुँजी २ अर्ब ७४ करोड रूपैयाँ पुग्नुको साथै,यो पुँजी प्राइम बैंकको पुँजीमा जोडिने भएको छ । बोनस सेयरपछि कायम हुने प्राइमको पुँजीमा स्वाप रेसियो पछिको पुँजी जोडिँदा १३ अर्ब ५५ करोड रूपैयाँ कायम हुने भएको छ । स्वाप रेसियोपछि उब्रिएको पुँजी १७ करोड ५४ लाख रूपैयाँ प्राइमको जगेडामा जोडिने भएको छ । प्राइमको जगेडा कोषमा ८ अर्ब ५ करोड रूपैयाँ छ भने कैलाशको ३ अर्ब २० करोड रूपैयाँ रहेको छ । मर्जरपछि जगेडा कोषमा ११ अर्ब २५ करोड रूपैयाँ हुनेछ । कैलाश विकास बैंकको नेटवर्कका हिसाबले प्राइमले आफ्नोभन्दा ठूलो सञ्जाल भएको बैंकलाई प्राप्ति गर्ने भएको हो ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्