नवलपरासीमा प्रहरीले गोली चलायो, १ गम्भीर घाइते, २ जना पक्राउ

Machchapuchchre

काठमाडौँ।  पूर्वी नवलपरासीको कोल्हुवामा जड्याहालाई नियन्त्रणमा लिन प्रहरीले गोली हान्दा एक जना सख्त घाइते भएका छन् । २ जना पक्राउ परेका छन् । मध्यविन्दु नगरपालिका ३ कोल्हुवा बजारमा शनिबार राति पौने ११ बजे प्रहरीले गोली चलाउँदा स्थानीय प्रेम महतोको पेट र खुट्टामा लागेको हो ।

उनको अवस्था चिन्ताजनक छ । महतोको चितवनस्थित पुरानो मेडिकल कलेजमा आइतबार बिहानै देखि शल्यक्रिया सुरु भएको जनाइएको छ । प्रहरीले स्थानीय मुना महतो र सुरज महतोलाई पक्राउ गरेको छ ।

एसपी दिपक रेग्मीले शनिबार राति ड्युउटीमा रहेका कोल्हुवा प्रहरी चौकीको टोलीले भित्री सडकमा चेक गर्ने क्रममा मादक पदार्थ सेवन गरी एउटै मोटरसाइकलमा आएका उनीहरुले प्रहरीलाई हातपात र खुकुरी प्रहार गरेपछि आत्मरक्षाका लागि गोली चलाउनु परेको दाबी गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्