बलात्कार प्रयासको आरोप लागेका सांसद रावललाई ५ दिन थुनामै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति

Machchapuchchre

धनगढी । बलात्कार प्रयासको आरोप लागेका सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कलबहादुर रावललाई जिल्ला अदालत कैलाली ५ दिन थुनामै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । रावलविरुद्ध जाहेरी दिने महिलाले आफू गर्भवती रहेको दाबी गरेकी छन् ।

रावललाई ५ दिन थुनामै राखेर अनुसन्धान गर्न जिल्ला अदालत कैलालीले बिहीबार प्रहरीलाई अनुमति दिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले अदालतसमक्ष ५ दिन म्याद थपको माग गरेको थियो। थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले म्याद थपको माग गरेपछि बिहीबार जिल्ला अदालतमा त्यस सम्बन्धि बहस भएको थियो।

धनगढीकै एक महिलाले नेकपा सचेतकसमेत रहेका रावलले गत माघ २१ गते बलात्कार प्रयास दाबी गर्दै यसै फागुन १४ मा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएकी थिइन्।

सुरक्षा स्रोतका अनुसार ती महिलाले प्रहरी कार्यालयमा दर्ता गराएको जाहेरीमा आफू गर्भवती रहेको उल्लेख गरेकी छिन्। उनले श्रीमान् काठमाडौ गएको मौकामा सांसद रावल मध्यान्ह्र आफ्नो कोठामा आएर बलात्कार प्रयास गरेको विवरण उल्लेख गरेकी छिन्।

त्यसक्रममा आफू फुत्किन सफल भई घरको छतमा गएर अरुलाई जानकारी गराएपछि सांसद रावल आफ्नो कोठाबाट भागेको उनको दाबी छ। जाहेरीअनुसार त्यसपछि रावलले आफ्ना श्रीमानलाई फोन गरेर कसैलाई भनेमा मार्दिने बताएको उल्लेख गरेकी छन्। कतिपयले नेकपाभित्रको आन्तरिक कलहका कारण रावलमाथि प्रहार भएको चर्चा गरिरहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्