भारतीय राजदूतद्वारा उपराष्ट्रपति र रक्षामन्त्रीसँग भेटवार्ता, के-के भयो कुराकानी

Machchapuchchre

काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले उपराष्ट्रपति नन्दबहादुर पुन पार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गरेका छन् । क्वात्राले उपराष्ट्रपतिलाई लैनचौरस्थित उपराष्ट्रपति कार्यालय र रक्षामन्त्रीलाई सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पुगेर भेट गरेका हुन् ।

रक्षा मन्त्री पोखरेलसँगको भेटका क्रममा राजदूत क्वात्राले एक पुस्तक उपहार दिएका थिए । विश्वभरका प्रमुख व्यक्तिहरुको भिजन र योजनाबारे समेटिएको सो पुस्तकमा प्रधानमन्त्री केपी शर्मा ओलीको लेख समेत समावेश छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्