बालुवाटारमा योजना आयोगको बैठक जारी, मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री आजै अस्पताल जाने

Machchapuchchre

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पताल भर्ना हुँदैछन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्नका लागि उनी आजै अस्पताल भर्ना हुन लागेका हुन् । मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधबार गरिने छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रत्यारोपणका लागि भर्ना हुन सबै तयारी पूरा भएको जानकारी दिए । अस्पताल भर्ना हुन जानु अघि प्रधानमन्त्री ओलीको सक्रियता बढेको छ । अहिले प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बसिरहेको छ भने आजै उक्त बैठक सकिएपछि मन्त्रिपरिषद् बैठक समेत बस्दैछ ।

बैठक सकेर अस्पताल जाने कार्यक्रम रहेको बालुवाटार स्रोतले जानकारी दियो । ‘प्रधानमन्त्री बैठकहरु सकिएपछि अस्पताल जानु हुनेछ, सायद साँझ नै हुन्छ होला’ बालुवाटार स्रोतले भन्यो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्